सिटिजन्स बैंकका पूर्वअध्यक्ष कुलचन्द्र गौतम सम्मानित

आइतबार, ८ पुष, २०८०
डिजिटल संस्करण

नेपाल बैंकर्स संघको ३७औँ वार्षिक साधारणसभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन्।

शनिबार चितवनमा आयोजित संघको वार्षिक साधारणसभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा गौतमले सिटिजन्स बैंकको अध्यक्षलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको विभिन्न ओहोदामा रही आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्याएका योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो।

गौतम संयुक्त राष्ट्रसंघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालका लागि शान्ति प्रक्रिया तथा अन्तर्राष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्षलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूको विभिन्न ओहोदामा आबद्ध भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कूटनीतिक तथा बैंकिङ क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत पाँच दशकभन्दा बढी समयदेखि योगदान दिँदै आएका छन्।

गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रूपमा ०६७ वैशाख १७ देखि ०६८ असोज २८ सम्म रहेका थिए।

सुझावित समाचार