नाल्बाडियनमाथि प्रेमिकाको आरोप

शनिबार, ७ पुष, २०८०
डिजिटल संस्करण

पूर्वप्रेमी नाल्बाडियनले खराब नियत राखी सिसिक्यामराबाट सबै गतिविधि हेरेको मोडल अरासेलीको दाबी

टेनिसका खेलाडी डेभिड नाल्बाडियनले खेल छाडेको धेरै वर्ष भइसकेको छ । एक दशकअघि उनले सन्न्यास लिएका थिए । यसबीच उनीसँग सम्बन्धित खासै चर्चा भएन । तर, अहिले उनले एउटा विवादको सामना गरिरहेका छन् । नाल्बाडियनले आफ्नी पूर्वप्रेमिका अरासेलीको दैनिक गतिविधि सिसिक्यामराबाट हेरेको आरोपको सामना गरेका छन् । अर्जेन्टिनी मोडल अरासेलीले पूर्वप्रेमी नाल्बाडियनमाथि यस्तो आरोप लगाएकी हुन् । यो अहिले अदालतसम्म पुगेको छ । अरासेलीको घरमा सिसिक्यामरा जडान छ । 

उच्च प्रविधिको सहयोगमा नाल्बाडियनले सिसिक्यामराका माध्यमबाट गतिविधि नियालेको अरासेलीको भनाइ छ । अरासेलीले अदालतबाट आफूले न्याय पाउने बताएकी छिन् । एक व्यक्तिको स्वतन्त्रता हनन गरेको र अनुमति नलिई सिसिक्यामराको सफ्टवेयर पूर्वप्रेमीले चोरेको दाबी अरासेलीले गरेकी छिन् । ‘धेरैपछि पूर्वपे्रेमीले मेरो घरको सिसिक्यामराबाट सबै गतिविधि हेरेको थाहा पाएँ,’ उनले भनिन्, ‘यतिवेला मेरो मात्र नभएर एक व्यक्तिको मानव अधिकार हनन भएको छ, यस्तो नराम्रो नियत राख्ने व्यक्तिलाई कडा कारबाही हुनुपर्छ ।’ 

मोर्डल अरासेलीले गत जुनमा अर्जेन्टिनामा किनेको नयाँ घरमा सिसिक्यामरा जडान गरेकी थिइन् । उनले घरको मुख्य गेटदेखि बाथरुमसम्म सिसिक्यामरा राखेकी छिन् । ६ महिनासम्म सिसिक्यामरा दुरुपयोग भइरहेको अरासेलीलाई मेसो नै भएन । केही समयअगाडि उनका भाइले एयर कन्डिसनको कर्भर हटाउने क्रममा सिसिक्यामरा बिग्रेको थाहा पाए । सिसिक्यामराको सफ्टवेयर परीक्षण गर्दा नाल्बाडियनले प्रयोग गरेको प्रस्ट भयो । यो थाहा पाउँदा अरासेली स्तब्ध भइन् । 

नाल्बाडियनले स्विकारे प्रेमिकाको आरोप
उनले पूर्वप्रेमीसँग कुराकनीसमेत गरिन् । नाल्बाडियनले सिसिक्यामराबाट सबै गतिविधि हेरेको स्वीकार गरे । यद्यपि, सुरुवाती क्रममा घटनालाई सामान्य रूपमै लिइएको थियो । तर, टेनिस खेलाडी नाल्बाडियनले पूर्वप्रेमिकालाई मानसिक रूपमा यातना दिन थाले । मानसिक यातनाबाट मुक्त पाउन र फोहोरी विचार भएका व्यक्तिलाई सजाय दिन नै अरासेलीले घटना सार्वजनिक गरेकी हुन् । यसै साता मात्र अरासेलीले स्थानीय अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । प्रारम्भिक अदालतमा उनको मुद्दा कमजोर परेको थियो । 

पुनरावेदन अदालतले अरासेलीलाई घटनाका सबै प्रमाण जुटाउन अन्तरिम आदेश दिएको छ । ‘पूर्वप्रेमिकाले म बाथरुममा नुहाइरहेकोलगायत अन्य फोटो देखाउँदै ब्ल्याकमेलको कोसिस गरेका थिए,’ उनले भनिन्, ‘अदालतबाट बाहिरिने क्रममा समेत फोनमा यस्तै फोटो देखाए ।’ नाल्बाडियनको मोबाइलमा अरासेलीका सयौँ नग्न फोटा समावेश छन् । उनले आफ्नी पूर्वप्रेमिकाका परिवारसँगै नातेदारलाई पनि यो फोटो सेयर गरेका छन् । 

See More On

सुझावित समाचार