राष्ट्रपति पौडेलसँग श्रीलंकाका विदेशमन्त्रीको शिष्टाचार भेट

शुक्रबार, ६ पुष, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने बताएको स्मरण गरेका थिए।

नेपाल र श्रीलंकाबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुद र व्यापक बनाउनुपर्नेमा उनको जोड थियो। 

सो अवसरमा विदेशमन्त्री साब्रीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गराउनुका साथै दुवै देशबीच लगानीका सम्भावना बढाउन आवश्यक रहेको धारणा व्यक्त गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

सुझावित समाचार