वन्डर क्लब नोयडाविरुद्ध त्रिभुवन आर्मीको सहज जित

शुक्रबार, ६ पुष, २०८०
डिजिटल संस्करण

प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा वन्डर क्लब नोयडालाई त्रिभुवन आर्मीले ६ विकेटले पराजित गरेको छ।

नारायणी रंगशालामा जारी खेलमा वन्डर क्लब नोयडाले आर्मीलाई दिएको सय रनको लक्ष्य १३.१ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

आर्मीका लागि ओपनर ब्याटसम्यान सन्तोष कार्कीले २३ बलमा ३७ रन बनाए भने कुशल मल्लले ३५ बलमा ४१ रनको योगदान गरे। यस्तै, नटआउट भीम सार्कीले १९ बलमा २० रन बनाए। 

खेलमा नोयडाका खेलाडी अल्पित गुप्ताले दुई विकेट र रितिकले एक विकेट लिए। अल्पितले दुई ओभरमा १७ रन दिए भने रितिकले दुई ओभरमा सात रन दिएका थिए। यसअघि नोयडा २० ओभर खेल्दै आठ विकेटको क्षतिमा ९९ सय जोडेको थियो। 

नोयडाका कप्तान सर्वाधिक हर्सित सेठीले ४५ बल खेल्दै २० रन बनाए। यस्तै, रितिक अरोरा २३ बलमा २० रन र वंश बेदीले ११ बलमा १० रन बनाएका थिए। 

त्रिभुवन आर्मी क्लबका बलर साहब आलमले चार विकेट लिए। उनले चार ओभरमा केवल चार रन खर्चिए। कुशल मल्ल, सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट हात पारे।

अहमदले चार ओभरमा १२ रन दिए भने कामीले चार ओभरमा ३२ रन र कुशलले चार ओभरमा २० रन दिए। प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दै छन्।

सिंगल राउण्डन्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। जहाँ लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनलमा हुनेछ।

दिउँसो सवा १ बजे हुने खेलमा एपिएफ क्लब र भारतको उत्तर प्रदेश क्लब–११ बीच प्रतिस्पर्धा हुँदै छ।

सुझावित समाचार