इजरायली बमबारीमा गाजामा मर्नेको संख्या २० हजार नाघ्यो

शुक्रबार, ६ पुष, २०८०
डिजिटल संस्करण

इजरायले गत अक्टोबर ७ देखि गाजा क्षेत्रमा गरेको आक्रमणमा डिसेम्बर २० सम्म झन्डै २० हजार प्यालेस्टिनी मारिएको हमास निकट सञ्चार कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, ६ हजार २०० महिला छन् ।

आक्रमणमा परेर ५२ हजारभन्दा बढी घाइते भएका छन् भने ६ हजार ७०० भन्दा बढी व्यक्ति अझै बेपत्ता भएका छन् । इजरायली बमबारीमा कुल तीन सय दश चिकित्सा कर्मचारी, ३५ सैन्य कर्मचारी तथा ९७ जना पत्रकारको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले आक्रमण गरेको बदलामा इजरायलले समग्र गाजामा निरन्तर आक्रमण गरिरहेको छ ।

सुझावित समाचार