दोस्रो संस्करणको प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब आठ विकेटले विजयी भएको छ । वीरगन्जको नारायणी रंगशालामा नेपाल पुलिस क्लबले पहिलो ब्याटिङ गरी १८.४ ओभरमा सबै विकेट गुमाएर ५८ रनको झिनो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा आर्मीले ६.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
आर्मीका लागि रोहित पौडेलले सर्वाधिक २१ रन बनाए । विनोद भण्डारीले १४ र सन्तोष कार्कीले २० रन जोडे । अमित श्रेष्ठले ११ रन बनाए । करण केसीले टोलीका लागि सर्वाधिक १५ रन बनाए । आर्मीका साहब आलमले तीन विकेट लिए । उनले चार ओभरमा दुई मेडन राख्दै ४ रन खर्चिए ।
उद्घाटन खेलमा पर्साले युपीलाई हरायो
पर्साले उद्घाटन खेलमा भारतको युपी–११ लाई एक विकेटले हराएको छ । युपी–११ ले दिएको ६७ रनको लक्ष्य पर्साले १६.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । पर्साका लागि अनिल साहले १८ र कप्तान सन्दीप लामिछानेले १२ रन जोडे । युपीका तरुण कुमार र वासी अन्सारीले समान दुई विकेट लिए । युपीले पहिलो ब्याटिङ गरी १६ ओभरमा सबै विकेट गुमाएर ६६ रन मात्र जोडेको थियो । युपीका समीर अन्सारीले २४ रन जोडे ।