४० युपी सेगमेन्टको उत्पादन ल्याउँदै दी नेपाल डिस्टिलरिज

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण

दी नेपाल डिस्टिलरिजले ४० युपी सेगमेन्टको प्रिमियम मदिरा ब्रान्ड बजारमा ल्याउने भएको छ । कम्पनीले उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै अन्तःशुल्क कम भएको उपभोक्तामैत्री मूल्यको मदिरा बजारमा ल्याउन लागेको हो ।

 ४० युपीको मदिरामा एबिभी (अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको जनाइएको छ । यस्तो उत्पादनको अन्तःशुल्क २५ वा ३० युपीको तुलनामा निकै नै कम भएका कारण पछिल्लो समय यसतर्फ उत्पादकको आकर्षण बढेको कम्पनीको भनाइ छ ।

यो सेगमेन्टमा बलियो उपस्थिति जनाउने प्रतिबद्धतासहित प्रिमियम मदिरा ब्रान्ड बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको कम्पनीका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए । 

सुझावित समाचार