सप्तरी जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु

मंगलबार, ५ मंसिर, २०८०
डिजिटल संस्करण

सप्तरी जिल्ला कारागार राजविराजमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मंगलबार मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराज– १५ का ६५ वर्षीय नन्दलाल मण्डल रहेको कारागार प्रमुख सदानन्द दासले जानकारी दिए।

उनी कर्तव्य ज्यान मुद्दामा ०७९ कात्तिक १६ गतेदेखि राजविराज कारागारमा कैद भुक्तान गरिरहेको जनाइएको छ।

मंगलबार बिहान शौचालयबाट निस्केपछि उनी लडेका थिए। उनलाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याए पनि उपचारको क्रममा मण्डलको मृत्यु भएको कारागार प्रमुख दासले बताए।

सुझावित समाचार