पूर्वप्रधानमन्त्री खनालद्वारा १४ लाखबराबरको राहत सामग्री हस्तान्तरण

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितका लागि १४ लाख मूल्यबराबरको राहत सामग्री हस्तान्तरण गरेका छन् । खनालले बिहीबार राहत सामग्री हस्तान्तरण गरेका हुन् । 

राहत सामग्री लिएर युवा संघका प्रवक्ता सन्दीप राई नेतृत्वको टोली प्रभावित क्षेत्र जाजरकोट गएको छ । डिजिटल सोलार प्यानल २० थान, एन्टी मस्क्युटो किड्स २५२ थान, सेनिटरी प्याड पाँच सय थान, अक्सिजन कन्सन्ट्रेटर एक थान, अक्सिमिटर एक थान र विभिन्न औषधि, भोलेन्टियर हेलमेट सय थान लिएर प्रभावित क्षेत्र प्रस्थान गरेको राईले जानकारी दिए । 

राहत सामग्री हस्तान्तरण गर्दै खनालले प्रभावित जनताले समयमै राहत पाउनुपर्नेमा जोड दिए । ‘राहत नपाएर भूकम्पपीडित थप समस्यामा परेको समाचार आएका छन् । पीडितले सामान्य सेवा सुविधासमेत नपाउनु दुःखद कुरा हो । राहत र पुनर्निर्माणमा ढिलाइ हुनु आपत्तिजनक छ,’ खनालले भने, ‘यसबारेमा सरकार गम्भीर बनोस् ।’

सुझावित समाचार