हत्या आरोपमा थुनामा रहेका प्रदेश सांसद सिंह धरौटीमा रिहा

बिहिबार, २३ कार्तिक, २०८०
डिजिटल संस्करण

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका मधेश प्रदेशका सांसद अनिरुद्धप्रसाद सिंह धरौटीमा रिहा भएका छन्। 

उच्च अदालत जनकपुरको राजविराज इजलासले उनलाई एक लाख २० हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। 

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी तथा पूर्णप्रसाद राजवंशीको संयुक्त इजलासले आज त्यस्तो आदेश दिएसँगै सिंह धरौटी बुझाएर रिहा भएका छन्। 

सांसद सिंहविरूद्ध कर्तव्य ज्यान तथा डाँका मुद्दा थियो। मुलतबीमा रहेको उक्त मुद्दामा उनलाई १७ भदौमा पक्राउ गरी प्रहरीले १८ भदौमा सप्तरी जिल्ला अदालतमा पेस गरेको थियो।

त्यसपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियोे। त्यसयता उनी संसद्बाट निलम्बित छन्।

सुझावित समाचार