सेयर बजारमा दोहोरो अंकको गिरावट

बिहिबार, २३ कार्तिक, २०८०
डिजिटल संस्करण

साताको कारोबारको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज ११.८५ अंकले घटेर १८५२.०८ विन्दुमा ओर्लिएको छ। 

आज सबै समूहको सेयर घटेको छ। यसमा पनि  सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबिआई बैंकको सेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ। 

आज २८ लाख ३३ हजार कित्ता सेयर ८३ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सात करोड ७० लाख रुपैयाँको किनबेच भएको छ। समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरको सेयर सात प्रतिशतले बढेको छ। 

सुझावित समाचार