सुरक्षा मापदण्डमा बिवाइडी डल्फिन र बिवाइडी सिलले पाए फाइभ स्टार

बुधबार, २२ कार्तिक, २०८०
डिजिटल संस्करण

 अस्ट्रेलियाको नयाँ कारको मूल्यांकन गरिने एन्क्याप परीक्षण मापदण्डअनुसार बिवाइडी डल्फिन र बिवाइडी सिलले फाइभ स्टार मूल्यांकन प्राप्त गरेको छ । अस्ट्रेलिया र न्युजिल्यान्डको सवारीसाधनको सुरक्षामा स्वतन्त्र अवाज एन्क्यापले २०२३ देखि आफ्नो मूल्यांकनको मापदण्ड विस्तार गरेको हो । सुरक्षाका फाइभस्टार प्राप्त गर्न, सवारीसाधनले सबै परीक्षणमा उच्चतम मापदण्ड प्राप्त गर्नुपर्ने र अत्याधुनिक सुरक्षाका प्रविधिले सुसज्जित भएको हुनुपर्छ । 

 रिपोर्टअनुसार चालकको र छेउछाउ अथवा किनारामा परेको टक्करको प्रभाव परीक्षणमा बालबच्चाको सुरक्षामा पूर्ण अंक प्राप्त गरेको छ । यसले वयस्क यात्रीको सुरक्षामा ८९ प्रतिशत, बालबच्चा यात्रीको सुरक्षामा ८७ प्रतिशत, ८२ प्रतिशत सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा र ७५ प्रतिशत सुरक्षा सहयोगमा प्राप्त गरेको कम्पनीले जनाएको छ ।  

त्यसैगरी, यी दुई मोडलमा नयाँ मापदण्ड मूल्यांकनअनुसारको ‘ढोका खुला हुने’ प्रविधि क्षमता रहेको छ । यस प्रविधिले यदि कार पानीमा डुबेको खण्डमा कारको ढोका दुई मिनेटसम्म बन्द हुन दिनेछैन । एन्क्यापका प्रमुख कार्यकारी अधिकृत कार्ला हुर्वेजले भने, ‘हाम्रो २०२३ को परीक्षण र मूल्यांकन मापदण्डमा थप उच्चस्तरीय संरचनात्मक सुरक्षाका साथै उत्पादनका क्षेत्रमा नवीन चुनौतीका सक्रिय सुरक्षा प्रविधिको आवश्यकता माग गरेका थियौँ । र, खुसीको कुरा, यस वर्ष अहिलेसम्ममा यी तिनै मोडलले फाइभ स्टार मूल्यांकन पाएका छन् ।’ 

सुझावित समाचार