भेरी नगरपालिकामा १४ विद्यालयको भवन पूर्ण क्षति

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ। 

त्यस्तै, आंशिक ७८ वटा विद्यालयका भवनमा क्षति पुगेको नगरपालिकाको तथ्या‌ंकमा उल्लेख छ। ४७ वटा कक्षाकोठा, नौवटा शौचालय, चारवटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ। 

त्यस्तै, आंशिकमा ७८ वटा विद्यालय भवन, एक सय ७१ वटा कक्षाकोठा, ३८ वटा शौचालय, नौवटा घेराबार, एउटा विज्ञान प्रयोगशाला, नौवटा आइसिटी ल्याब, दुईवटा सोलार सिस्टममा समेत क्षति भएको नगरपालिकाको नगर शिक्षा शाखाले जनाएको छ। 

त्यसैगरी, तीन शिक्षक र ३१ विद्यार्थी घाइते हुनाका साथै  एघार विद्यार्थीको मृत्यु भएको छ। 
 

सुझावित समाचार