राष्ट्रपति पौडेल सुर्खेत आइपुगे, जाजरकोट जाँदै

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

भूकम्प प्रभावित क्षेत्रको निरीक्षण गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन् । शुक्रबार रातिको भुकम्पका कारण प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे बुझ्न पौडेल सुर्खेत आइपुगेका हुन् । 

राष्ट्रपति पौडेलले बारेकोट गाउँपालिका–१ को रामीडाँडा, खलङगा, रूकुम पश्चिमको आठवीसबोटलगायत भुकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ । 

राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापतिलगायत सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत भुकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम रहेको छ ।
 

सुझावित समाचार