घरमै बनाउनुस् बच्चाका लागि बिस्कुट

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

धेरै मानिस बिहान चियासँगै बिस्कुट खान रुचाउँछन् । बच्चालाई विशेषगरी बिस्कुट निकै मन पर्छ । तर, साना बच्चालाई बजारबाट किनेर ल्याएका बिस्कुट खुवाउनु राम्रो नहुने बालरोग विशेषज्ञ डा. अर्पित गुप्ता बताउँछन् । ‘बिस्कुट स्वादिष्ट लाग्छ । तर, यो केवल वयस्कका लागि ठीक छ ।

साना बच्चालाई दूधमा घोलेर बिस्कुट खुवाउनु राम्रो हुँदैन । खासगरी मैदा, चिनी या एडिटिब्सबाट बनेका बिस्कुट खुवाउनुहुँदैन ।’ बच्चाका लागि घरमै बिस्कुट बनाउन सकिने उनी बताउँछन् । ‘घरमै गहुँ, ओट्स र सख्खर मिसाएर बिस्कुट बनाउन सकिन्छ । यसले बच्चाको स्वास्थ्यमा कुनै घाटा हुँदैन,’ उनले भने । 

मैदान एक रिफाइन्ड आटा हो । यसलाई तयार गर्दा नै सारा पोषण र फाइबर निकालिएको हुन्छ । जसकारण, यो केवल स्वादिलो तर अस्वस्थ स्न्याक्स बनेर रहन्छ । साना बच्चालाई नियमित मैदा खुवाउँदा कब्जियत हुने जोखिम रहन्छ । बिस्कुटजस्ता खानेकुरामा चिनी अत्यधिक प्रयोग भएको हुन्छ । बच्चालाई बिस्कुट खुवाउँदा दाँत सड्ने र मोटोपन बढ्ने समस्या देखिन सक्छ । त्यस्तै, गुलियो खाने लत पनि बस्छ । कतिपय बिस्कुट कम्पनीले बिस्कुट बनाउँदा धेरै थरी एडिटिब्सको उपयोग गरेका हुन्छन् । यसले बिस्कुटलाई स्वादिलो बनाउने काम गर्छ, तर बच्चाका लागि यो धेरै स्वस्थ मानिदैन । 

See More On

सुझावित समाचार