ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको जनाइएको छ । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पोखरेल वित्तीय संस्थाहरूको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित रहेको बैंकले जनाएको छ ।

उनी यसअघि आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रही कार्य सम्पादन गरिसकेको जनाइएको छ । उनले नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रही उक्त कम्पनीलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बैंकले उल्लेख गरेको छ ।  

पोखरेलले नेपालको सबैभन्दा ठूलो बैंकमा पुनः आबद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताए । बैंकले हाल देशका ७७ वटै जिल्लामा तीन सय ५२ शाखा, तीन सय ६२ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।

सुझावित समाचार