भारतीले भक्कानिँदै सर्वोच्चको आँगन ढोगेर भनिन्–कानुन मरेको छैन, मैले न्याय पाएँ

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

१० कात्तिकदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बसेकी मृतक चेतन मानन्धरकी पूर्वपत्नी भारती शेर्पा बिहीबार अपराह्नसम्म सर्वोच्चको निर्णय कस्तो आउला भनेर बेचैन थिइन् । लामो आमरण अनशनका कारण गलेकी उनी लखतरान हालतमा न्यायको पर्खाइमा थिइन् । जब सर्वोच्चको फैसला उनको पक्षमा आयो, क्षणभरमै बेचैन समाप्त भयो । 

सहयोगीसँगै भारती सर्वोच्चको प्रांगण पुगिन् । सर्वोच्चको दैलोअगाडिको पेटीमा निहुरिएर भक्कानिँदै लामो समयसम्म ढोगिरहिन् । सर्वोच्चबाटै उनले भनिन्, ‘कानुन मरेको छैन, मैले न्याय पाएँ ।’ यसपटक भारतीको दोस्रो आमरण अनशन थियो । यसअघि उनले गत १७ असोजमा अनशन गरेकी थिइन् । दसैँका कारण अनशन प्रभावित बनेको थियो । दसैँमा स्थगित अनशन उनले १० कात्तिकबाट पुनः सुरु गरेकी थिइन् । 

तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका

सुझावित समाचार