पढ्ने कोठा यसरी सजाउनुस्

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

पढ्ने कोठामा सकभर भोजन कहिल्यै नगर्नुस् । यदि, कहिलेकाहीँ भोजन गरिहाल्नुभयो भने जुठो भाँडालाई तत्कालै बाहिर लग्नुस् । अध्ययन कक्षमा जुठो भाँडा राख्दा पढाइमा मन लाग्दैन । विद्यार्थीको ध्यानलाई यस्ता सामग्रीले पटक–पटक भंग गर्छ । 

ब्रह्म मुहूर्तको समय पढ्नका लागि सबैभन्दा राम्रो हो । सूर्योदयअघिको समय अर्थात् ४:३० बजेदेखि बिहान १० बजेसम्म पढ्नु लाभदायी मानिन्छ । राति धेरै ढिलासम्म पढ्नु स्वास्थ्यका लागि ठीक होइन । 

पढाईं राम्रो हुनका लागि घरको वातावरण राम्रो हुनुपर्छ । यसका लागि अध्ययन कक्षलाई व्यवस्थित बनाउन जरुरी हुन्छ । विद्यार्थीले ईशान कोण (उत्तर–पूर्व)तर्फ फर्किएर पढाइ गर्नुपर्छ । यस दिशामा पढ्न सम्भव नभए पूर्व, उत्तर वा पश्चिम दिशामा फर्किएर पढ्नुपर्छ । दक्षिण दिशामा फर्किएर पढ्नु शुभ मानिदैन । 

अध्ययन कक्षमा पूर्व–उत्तरतर्फ झ्याल राख्नु सबैभन्दा राम्रो मानिन्छ । यस कोठाको छत पिरामिड आकारको छ भने निकै राम्रो हुन्छ । स्टडी टेबलमा सानो पिरामिड पनि राख्न सकिन्छ । 

पढ्दाको समय आसपासको वातावरण शुद्ध र सुगन्धित हुनुपर्छ, कोठामा दुर्गन्ध हुनुहुँदैन । पढ्ने कोठामा सकभर भोजन कहिल्यै नगर्नुस् । यदि, कहिलेकाहीँ भोजन गरिहाल्नुभयो भने जुठो भाँडालाई तत्कालै बाहिर लग्नुस् । अध्ययन कक्षमा जुठो भाँडा राख्दा पढाइमा मन लाग्दैन । विद्यार्थीको ध्यानलाई यस्ता सामग्रीले पटक–पटक भंग गर्छ । 

पढाइको टेबलमा आवश्यक सामग्री मात्रै हुनुपर्छ । अनावश्यक सामग्री तत्कालै हटाउनुस् । नत्र, मन भड्किन सक्छ । अध्ययन कक्षमा आफ्ना प्रिय देवी–देवता तथा प्रेरक व्यक्तिहरूका फोटो राख्न सकिन्छ । 

See More On

सुझावित समाचार