माओवादीकी केन्द्रीय सदस्य विश्वकर्मा एमाले प्रवेश

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा कपिलवस्तुकी पूर्वसांसद उमा विश्वकर्मा नेकपा एमालेमा प्रवेश गरेकी छिन्।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बालकोटस्थित निवासमा पार्टीमा प्रवेश गराएका हुन्।

उनको आगमनबाट कपिलवस्तुको पार्टी निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले बताए।

सुझावित समाचार