तस्बिरमा महासचिव गुटेरेसकाे लुम्बिनी भ्रमण

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन्। 

प्रधानमन्त्री प्रचण्ड काठमाडाैं र महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरबाट लुम्बिनी पुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड महासचिव गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका हुन्।

सुरक्षा व्यवस्थालाई ध्यान दिँदै आज बिहानबाट यहाँस्थित मायादेवी मन्दिरमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ भने तीन तहको सुरक्षा घेरा बनाइएको छ। 

उपाध्यक्ष लामाले लुम्बिनीको विकास र संवर्द्धनमा संयुक्त राष्ट्रसंघको भूमिकालाई आगामी दिनमा थप प्रगाढ बनाउनसमेत भ्रमण फलदायी हुनेमा विश्वास व्यक्त गरे।

गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटेल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन्। गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोकस्तम्भको भ्रमण गर्ने कार्यसूची छ। 

उनलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पीपलको रूखमुनि स्वागत गर्ने कार्यक्रम छ। 

लुम्बिनीमा करिब डेढ घन्टा बिताएपछि गुटेरेस काठमाडौं फर्किनेछन्। कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो प्रदान गरिनेछ। साथै अतिथि पुस्तकमा हस्ताक्षरपछि महासचिव गुटेरेसले सञ्चारमाध्यमसमक्ष आफ्नो धारणा राख्ने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए। 







सुझावित समाचार