रिजाललाई डा. सरोजिनी नायडु अन्तर्राष्ट्रिय पुरस्कार

आइतबार, १२ कार्तिक, २०८०
डिजिटल संस्करण

दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला रिजाल डा. सरोजिनी नायडु अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वभरका व्यावसायिक एवं सक्रिय महिलाहरूलाई यो अवार्ड प्रदान गरिँदै आएको छ । 

डा. सरोजिनी नायडु अन्तर्राष्ट्रिय अवार्ड मनोनयन समितिले सातौँ संस्करणको पुरस्कार रिजाललाई प्रदान गरेको हो । दक्षिण एसियामै महिला उद्यमशीलता विकासमा योगदान पुर्याएबापत उनलाई यो पुरस्कार दिइएको हो ।

दिल्लीमा एसियन एकेडेमीले सुरु गरेको यो पुरस्कारले विश्वभरका व्यावसायिक महिलाहरूलाई आ–आफ्नो प्रभाव क्षेत्रका विभिन्न क्षेत्रमा उत्कृष्ट प्रयासका लागि पहिचान र सम्मान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यसअघि रिजाल इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्डबाट समेत सम्मानित भएकी थिइन् ।

सुझावित समाचार