उपाधिका लागि आज नेपाल र युएई भिड्दै, फाइनल खेल कीर्तिपुर खेलमैदानमा

टी-२० ट्र्यांगुलर सिरिज

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

काठमाडौंमा जारी टी–२० ट्र्यांगुलर सिरिजको उपाधिका लागि आज नेपाल र युएई भिड्दै छन् । कीर्तिपुरस्थित क्रिकेट खेलमैदानमा आज ११ बजेबाट फाइनल भिडन्त सुरु हुनेछ । 

हङकङसमेत सहभागी सिरिजमा लिग चरणका आफ्ना चारवटै खेल जितेको नेपाल उच्च मनोबलसहित मैदानमा उत्रनेछ । लिग चरणमा नेपालले दुईपटकसम्म युएईलाई पराजित गरेको थियो । पहिलो खेलमा सात तथा दोस्रोमा पाँच विकेटले नेपाल विजयी भएको थियो ।

सुझावित समाचार