नवरात्रको सातौँ दिन आज फूलपाती भित्र्याइयो (फोटोफिचर)

शनिबार, ४ कार्तिक, २०८०
डिजिटल संस्करण

नवरात्रको सातौँ दिन आज दसैँघरमा फूलपाती भित्र्याइएको छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको आज विधिपूर्वक पूजा–आराधना गरी फूलपाती भित्र्याइएको हो ।  दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा–आराधना गर्ने वैदिक सनातनी परम्परा छ । 

आजै गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली ल्याइएको छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

यसैगरी, बडादसैँको सातौँ दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरेको छ । फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । 

See More On

सुझावित समाचार