दसैँको अवसरमा छिन्नमस्तामा भलिबल प्रतियोगिता सुरु

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ सखडामा दोश्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ।

मंगलबार पालिका उपाध्यक्ष राजोदेवी यादवको अध्यक्षतामा आयोजित एक कार्यक्रममा पालिका अध्यक्ष विद्यानन्द चौधरीले प्रतियोगिताको उद्घाटन गरेका छन्।

उक्त प्रतियोगिताको उद्घाटन खेल मंगलबार  न्यु श्री राम जानकी युवा क्लब खुरहुरिया र छिन्नमस्ता युवा क्लब सखडाबीच भएको थियो। जसमा छिन्नमस्ता  युवा क्लब ५/४ले विजेता बनेका छन्।

छिन्नमस्ता गाउँपालिकाले गत वर्षदेखि दशैंको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। यस प्रतियोगितामा ११ वटा टिम सहभागी हुने जनाइएको छ।

प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उप विजेतालाई ५१ हजार नगद पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताको दोस्रो खेल बुधबार उदयपुर र सुनसरी बिच हुने आयोजकले जनाएको छ।
 

सुझावित समाचार