न्युजिल्यान्ड दोस्रो जितको खोजीमा, टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोज्यो

आइसिसी विश्वकप २०२३

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण

आइसिसी विश्वकप २०२३ अन्तर्गत दोस्रो चरणको खेल आजबाट सुरु भएको छ । दोस्रो चरणको पहिलो खेलमा न्युजिल्यान्ड र नेदरल्यान्ड्स भिड्दै छन् । 

हैदरावादमा हुने खेलका लागि नेदरल्यान्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि न्युजिल्यान्ड ब्याटिङमा उत्रँदै छ । 

आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध नौ विकेटको जित हासिल गर्दै विश्वकपमा सानदार सुरुवात गरेको न्युजिल्यान्ड आज दोस्रो जितको खोजीमा छ । 

यस्तै, पाकिस्तानसँगको पहिलो म्याचमा ८१ रनले पराजय व्यहोरेको नेदरल्यान्ड्स भने पहिलो जितको खोजीमा छ । 

सुझावित समाचार