सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्सको ‘गज्जबको मिठो’ चाउचाउ बजारमा

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्स प्रालिले नयाँ ब्रान्ड ‘गज्जबको मिठो’ चाउचाउ बजारमा ल्याएको छ।

कम्पनीद्वारा उत्पादित ‘गज्जबको पिरो चाउचाउ’को अपार सफलतापछि कम्पनीले अर्को ब्रान्ड ‘गज्जबको मिठो’ लिएर आएको हो। कम्पनीका अनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउभन्दा फरक स्वादमा उपलब्ध छ।

यस चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिङ प्रयोग भएको बताएको छ भने उपभोक्ताले नयाँ स्वाद लिन सक्ने पनि कम्पनीको दाबी छ।

सुझावित समाचार