एनआरएनएको अध्यक्षमा डा. केसीको उम्मेदवारी

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघको अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । नौबुँदे प्रतिबद्धतासहित केसीले ५० भन्दा बढी देशका प्रतिनिधिमाझ भर्चुअल कार्यक्रममार्फत उम्मेदवारी दिएका हुन् ।

केसी केन्द्रीय कोषाध्यक्ष, दुई कार्यकाल महासचिव, उपाध्यक्ष हुँदै कार्यकारी अध्यक्ष भइसकेका छन् । कार्यकारी अध्यक्ष भएकैले मतदाताको नामावली प्रकाशन नभएसम्म उम्मेदवारी घोषणा नगरेको उनलेब बताए । ‘कार्यकारी अध्यक्ष भएकाले मतदाताको नामावली प्रकाशन नभएसम्म उम्मेदवारी घोषणा गर्न नैतिकताले दिएन,’ उम्मेदवारी घोषणा गर्दै डा. केसीले भने, ‘अब विवादरहित स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचन हुनेछ ।’

काठमाडौंको फर्पिङमा जन्मिएका डा. केसी अमृत साइन्स क्याम्पसमा अध्ययन गरेका उनी उच्च शिक्षा अध्ययनका लागि रुस प्रस्थान गरे । संस्थापक उपेन्द्र महतो, जीवा लामिछानेसँगै एनआरएनए अभियानमा जोडिएका हुन् । 

सुझावित समाचार