ज्योति विकास बैंकको क्युआर अडियो अलर्ट प्रविधि सुरु

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

 ज्योति विकास बैंकले क्युआर स्क्यानमार्फत भएको भुक्तानीको जानकारी भ्वाइस म्यासेजबाट तत्काल प्राप्त हुने प्रविधि सुरु गरेको छ । बैंकले ‘कोइलीः क्युआर अडियो अलर्ट डिभाइस’ सेवा सुरु गरेको हो । 

डिजिटल बैंकिङलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले यो सुविधा सुरु गरेको बैंकले जनाएको छ । यो सेवाअन्तर्गत क्युआर अडियो अलर्ट डिभाइसमा रहेको क्युआर स्क्यानमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस म्यासेजमार्फत प्राप्त गर्ने जनाइएको छ । यो सेवाले भुक्तानीको तत्काल प्रमाणीकरण गरी व्यवसायी तथा ग्राहकबीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले यो सेवा बिट्स क्राफ्ट प्रालिसँगको सहकार्यमा ल्याएको जनाएको छ । 

आफ्नो कारोबारको सरल र सुरक्षित व्यवस्थापनका लागि यो सेवा लिन चाहने व्यवसायीले कुनै पनि शाखाबाट यो सुविधा लिन सक्ने बैंकले जनाएको छ । बैंकले देशका विभिन्न स्थानमा व्यवसायीलाई प्रदान गरेको क्युआर स्क्यान सेवाले ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न देशभर क्युआर स्क्यान वितरण गर्ने जनाएको छ ।  

सुझावित समाचार