आउटडोरका लागि पोलोराइज्ड सनग्लास

बिहिबार, १८ असोज, २०८०
डिजिटल संस्करण

पोलोराइज्ड सनग्लास धेरैको रोजाइमा पर्ने गर्छ । विशेषगरी, बाहिर हिँड्दा यो सनग्लास निकै उपयोगी हुन्छ । यद्यपि, सबैका लागि यो सनग्लास उपयुक्त हुन्छ भन्ने होइन । एकपटक दृष्टि विशेषज्ञसँग सल्लाह लिएर मात्रै यसको प्रयोग गर्नु राम्रो हुन्छ । यसका केही फाइदा यस्ता छन् :

ग्लेर घटाउँछ : पोलोराइज्ड सनग्लासले ग्लेर घटाउँछ र आँखाका लागि आरामदायक छ । साधारण ग्लासको तुलनामा यसबाट हेर्दा वस्तुहरू स्पष्ट देखिन्छन् । 

हानिकारक किरणबाट सुरक्षा : युभी प्रोटेक्सनसहितका पोलोराइज्ड सनग्लासले सूर्यका विकिरणबाट आँखालाई जोगाउँछ । 

पानीमा प्रयोग : यस ग्लासलाई पानीभित्र पनि प्रयोग गर्न सकिन्छ । त्यसैले स्विमिङ गर्नेले यस्तो ग्लास लगाउने गर्छन् । बोटिङ, फिसिङ, वाटर–स्किइङलगायत गतिविधिका लागि पनि यो ग्लास लगाउनु राम्रो हुन्छ । 

आँखामा कम तनाव : यसको प्रयोगले आँखामा तनावको मात्रा कम हुन्छ । बाहिर निस्कँदा चर्को प्रकाशले कहिलेकाहीँ आँखामा समस्या पार्छ । यस्तोमा यसले आँखालाई ढाकेर सहज महसुस गराउने काम गर्छ । आँखामा थकान पनि कम हुन्छ । 

प्रदूषण : यसले प्रदूषणको असर कम गरेर आँखालाई सुरक्षित राख्ने काम गर्छ । 

ड्राइभिङ : ड्राइभिङ गर्दा पोलोराइज्ड सनग्लास लगाउनाले अगाडिको दृश्य स्पष्ट हेर्न सकिन्छ । यद्यपि, सबै अवस्थामा पोलोराइज्ड सनग्लास उपयुक्त नहुन पनि सक्छ । जस्तो– डिजिटल स्क्रिनमा पढ्नका लागि यो उपयुक्त हुँदैन, यसले स्क्रिनको भिजिबिलिटीमा हस्तक्षेप गर्छ । 

See More On

सुझावित समाचार