एक-आपसमा धार्मिक आस्थाको सम्मान गरी राष्ट्रिय एकता जोगाउन ओलीको आह्वान

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले हाम्रो समाजको मुख्य विशेषता विविधताबीचको एकता र आपसी सहिष्णुता भएको बताएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सामाजिक सञ्जालमा लेख्दै एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म रहेकाे र सबै आस्थाहरू नेपाल भूमिमा सधैँ संरक्षित हुँदै आएको बताएका छन्। 

उनले पछिल्लो समय धार्मिक विवादमा नेपालगन्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सदभाव र सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको बताउँदै एक–आपसमा धार्मिक आस्थाको सम्मान गरी हाम्रो राष्ट्रिय एकता जोगाउन आह्वान गरेका छन्। 

सुझावित समाचार