महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी संस्थामा विशेष छुट

बुधबार, १० असोज, २०८०
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, शृंगार र होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात् बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। 

सुझावित समाचार