प्रधानमन्त्रीले गरे १९औँ एसियन गेम्समा सहभागी हुने खेलाडीलाई बिदाइ

बिहिबार, २८ भदौ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९औँ एसियन गेम्समा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन्।

बालुवाटारमा भएको बिदाइ कार्यक्रममा २९ मध्ये १९ खेलका खेलाडीको सहभागिता थियो। १० खेलका खेलाडी वैदेशिक प्रशिक्षण र प्रतियोगितामा सहभागी छन्।

एसियन गेम्समा १२६ पुरुष र १२७ महिला खेलाडीको सहभागिता रहनेछ। असोज ६ गते हुने उद्घाटनमा प्रधानमन्त्रीसमेत सहभागी रहनेछन्।

सुझावित समाचार