यस्ता छन् मोबाइल तात्ने कारण

बिहिबार, २८ भदौ, २०८०
डिजिटल संस्करण

मोबाइल हिट हुनुका धेरै कारण हुन सक्छ । तर, मुख्यतः हेभी प्रोसेसिङ, ब्याट्रीमा लोड तथा भाइरस वा बगका कारण यस्तो समस्या देखिन्छ । कुनै पनि कारणले स्मार्टफोनको प्रोसेसिङमा लोड पुग्यो भने यसले निकै तिव्र रूपमा काम गर्न थाल्छ ।

जसकारण, ताप पैदा हुन्छ र फोन तात्न थाल्छ ।  फोन तात्नुको अर्को कारण ब्याट्री तात्नु हो । त्यस्तै, बग वा भाइरसले फोनको प्रोसेसिङलाई स्लो गर्छ, साथसाथै यसलाई तताउने काम पनि गर्छ । 

हिटिङ समस्यालाई नजरअन्दाज नगर्नुस् 
कहिलेकाहीँ कुरा गर्दागर्दै पनि फोन पड्कन्छ । यसका धेरै कारण छन् । तर, धेरैजसो अवस्थामा फोनको ब्याट्रीमा हुने खराबीका कारण यस्तो अवस्था निम्तिएको हुन्छ । लापरवाही ढंगले फोन प्रयोग गर्दा पनि यस्तो समस्या देखिएको हुन सक्छ । त्यही कारण कुनै पनि फोनको ब्याट्री वा यसको हिटिङ समस्यालाई नजरअन्दाज गर्नुहुँदैन । 

फोन चार्ज गर्नका लागि कम्पनीको ओरिजिनल युएसबी केबल र चार्जरकै प्रयोग गर्नुपर्छ । ब्याट्रीलाई रातभर चार्जमा राखेर सुत्नुहुँदैन । यस्तो हुँदा ओभर चार्ज भएर विस्फोट हुने जोखिम रहन्छ । 

See More On

सुझावित समाचार