‘जोयफुल प्यारेन्टिङ’बारे किड्जीमा छलफल

सोमबार, २५ भदौ, २०८०
डिजिटल संस्करण

एसियाको प्रि–स्कुल चेन किड्जीले ‘जोयफुल प्यारेन्टिङ इन मोडर्न टाइम्स’ विषयमा प्यानल छलफल आयोजना गरेको छ । विद्यालयले बालबालिकाको मानसिकता, प्रारम्भिक बाल्यकाल तथा समयको महत्वबारे अभिभावकलाई जागरुक गराउने उद्देश्यका साथ यो अभियान सुरु गरेको हो । 

कार्यक्रममा विशेष आवश्यकता भएका विद्यार्थीलाई प्रारम्भिक मध्यस्थताको महत्वबारे पनि छलफल भएको जनाइएको छ । कार्यक्रमका मुख्य वक्ताहरू कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. मञ्जु श्रेष्ठ, बाल फिजियोथेरापिस्ट समेद कतिला श्रेष्ठ, औपचारिक विद्यालय प्रिन्सिपल कविता अर्याल, सामाजिक अभियन्ता सुनीता चौहान, किड्जीकी शैक्षिक प्रबन्धक नेहा अवस्थीलगायतले अभिभावकत्वलाई कसरी रमाइलो बनाउन सकिन्छ र यसको दीर्घकालीन प्रभावबारे सहभागीलाई जागरुक बनाउन सकिन्छ भन्नेबारे प्रकाश पारेको विद्यालयले जनाएको छ । 

किड्जीले हालसम्म दुई हजारभन्दा बढी केन्द्रहरूको नेटवर्कका साथ १५ लाख विद्यार्थीको पालनपोषण र प्रशिक्षण गरिसकेको जनाएको छ । अहिलेसम्म एक लाखभन्दा बढी  शिक्षकलाई तालिमसमेत दिइसकेको संस्थाले जनाएको छ । नेपालका पाँच  ठूला सहरका १४ स्थानमा किड्जीले सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार