भारतका सराभन मिस्टर एसिया

बिहिबार, २१ भदौ, २०८०
डिजिटल संस्करण

५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा १० प्रतिस्पर्धीलाई हराउँदै सराभन ओभरल च्याम्पियन बने

भारतका सराभनले मनी मिस्टर एसियाको उपाधि जितेका छन् । ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप ओभरल च्याम्पियन हुँदै उनले उपाधि जितेका हुन् । उनले आफ्ना १० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । शारीरिक सुगठनतर्फ विभिन्न १० तौलसमूहका विजेताबीच मिस्टर एसियाको प्रतिस्पर्धा भएको थियो । सराभन ९० केजी तौलसमूहमा विजयी हुँदै ओभरअल राउन्डमा प्रवेश गरेका थिए ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको व्यवस्थापनमा भएको स्पर्धामा पुरुषतर्फ नेपालले कुल २६० अंक हासिल गर्दै टिम च्याम्पियनसिपमा तेस्रो स्थान हात पार्यो । भारत ७९५ अंकका साथ पुरुषतर्फ पहिलो भयो । दोस्रो भएको थाइल्यान्डले ५९० अंक जोड्यो । महिलातर्फ थाइल्यान्डले टिम च्याम्पियनसिपको उपाधि जित्यो । दोस्रो स्थानमा भियतनाम र तेस्रो स्थानमा हङकङ चाइना रहेको आयोजकले जनाएको छ । नेपालले यस च्याम्पियनसिपमा ३ स्वर्ण, ६ रजत र ५ कांस्य पदक हात पारेको छ । 

च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीले ४५ विधामा प्रतिस्पर्धा गरेका थिए । शारीरिक सुगठनको पहिलो ठूलो प्रतियोगिताको रूपमा रहेको च्याम्पियनसिपमा नेपालसहित भुटान, चीन, हङकङ चाइना, भारत, काजाखस्तान, मकाउ चाइना, माल्दिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता थियो । च्याम्पियनसिपमा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्स एक गरी ४५ विधामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताअन्तर्गत पुरुष एथलेट फिजिक १८२ सेमिमा नेपालका विप्लभ कार्कीले कांस्य हात पारे । यस विधामा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङचेनले रजत प्राप्त गरे । विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विमसुट विधा र रजनी श्रेष्ठले ५५ केजी शारीरिक सुगठनमा स्वर्ण जिते । सुरेश दुवाल ५५ केजी, असीमबाबु गुरुङ ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजु राई फिटनेस फिजिक विधा, तारा खैजु मोडल फिजिक्सले रजत पदक हात पारे । कमल भण्डारी ६० केजी, कृष्णप्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेस फिजिक्स, बिप्लभ कार्की एथलेटिक्स फिजिक, निहालमान जोशीले एथलेटिक्स फिजिकमा कांस्य जितेका छन् । 

See More On

सुझावित समाचार