परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले बुधबारबाट अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ।
अस्पतालले ६४औँ वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुने गरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरेको हो। अस्पतालले बुधबारदेखि अनलाइन टिकट र थप एक–एकवटा बिलिङ र टिकट काउन्टरसमेत थप गरी सञ्चालनमा ल्याएको छ।
अस्पतालले औषधि खरिद गर्न सहजताका लागि फार्मेसी काउन्टरसमेत थप गरेको छ। अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरूका लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ चार सय ५० शय्या निःशुल्क गरिएको बताए। उनले मुलुकको एक मात्र महिला स्वास्थ्यसम्बन्धी केन्द्रीय विशिष्टीकृत अस्पतालले स्वीकृत शय्या चार सय ४१४ भए पनि बिरामीको चापका कारण चार सय ८९ शय्या सञ्चालन गरिएको बताए।