नेपालकाे सातौँ विकेट गयो, दीपेन्द्र २९ रनमा आउट

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

एसिया कपअन्तर्गत भारतविरुद्ध नेपालले सातौँ विकेट गुमाएको छ। नेपालका दीपेन्द्रसिंह ऐरी २३ रन बनाएर आउट भएका छन्। २५ बलमा तीन चौका प्रहार गरेका दीपेन्द्रलाई हादिंक पांड्याले एलबिडब्लु आउट गरेका हुन्। 

यसअघि दीपेन्द्र र सोमपाल कामीले नेपालको लागि ५० रनको साझेदारी गरेका छन्। दुईबीच सातौँ विकेटको लागि ५० रनको साझेदारी भएको हो। यसअघि नेपाल ३३।४ ओभरमा १५०–६ को अवस्थामा थियो।
 
श्रीलंकाका क्यान्डीस्थित पालेकेले रंगशालामा नेपालका ओपनर आसिफ सेख अर्धशतक बनाएर आउट भएका छन्। आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन्। यसअघि आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाएका थिए। आरिफको खेल करियरकै दशौँ अर्धशतक हो। यसअघि नेपालका लागि आसिफले व्यक्तिगत एक शतकसहित नवौँ अर्धशतक बनाएका छन्। 

आसिफले ४३ खेलमा ४३ इनिङ्समै ब्याटिङ गरेका छन्। सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध उनले एकदिवसीय खेलमा डेब्यु गरेका थिए। आसिफले एसिया कपअन्तर्गत उद्घाटन खेलमा पाकिस्तानविरुद्ध पाँच रन बनाएका थिए। एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई सय ४२ रन बनाएका छन्। उनको व्यक्तिगत उच्च रन ११० हो। 

यसअघि नेपालको लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए। पहिलो विकेटका लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो। भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल २ रन, गुल्सन झा २३ रन बनाएर पेभिलियन फर्किएका छन्। भारतका रवीन्द्र जडेजाले तीन तथा मोहम्मद रिजाले दुई विकेट लिएका छन्। 

नेपालले भारतसँग पहिलोपटक खेलिरहेको छ। यसअघि सन् २०१७ मा नेपालको यू–१९ टोलीले भारतलाई हराएको थियो। 

नेपालले टेस्ट राष्ट्रसँग खेलको यो पाँचौँपटक हो। नेपाल समूह ‘ए’ को अघिल्लो खेलमा पाकिस्तानविरुद्ध खेलेको थियो। यसअघि विश्वकप छनोटमा जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेलिसकेको छ। नेपाल चारै देशसँग पराजित भएको छ।

सुझावित समाचार