नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल दुई रन बनाएर आउट

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

नेपालले भारतविरुद्ध निरन्तर रूपमा विकेट गुमाइरहेको छ । नेपाली ब्याट्सम्यानले भारतीय स्पिनरको सामना गर्न संघर्ष गरिरहेका छन् ।

यस क्रममा नेपालले अर्को महत्वपूर्ण विकेट गुमाएको छ । बायाँहाते ब्याट्सम्यान कुशल मल्लले आफ्नो विकेट सस्तै रनमा दिएका छन् । रविन्द्र जडेजाले मल्ललाई मिडविकेटमा मोहम्मद सिराजबाट क्याचआउट गराए ।

मल्लले ५ बलमा दुई रन जोडे । अहिले नेपाल २२.३ ओभरमा १०२.४ को स्थितिमा छ ।
 

सुझावित समाचार