गिरीबन्धु टी स्टेट प्रकरणबारे सरकारले तत्काल छानबिन थाल्नुपर्छ : सांसद खतिवडा

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

सत्तारूढ दल काग्रेसका सांसद रामहरि खतिवडाले गिरीबन्धु टी स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले सो प्रकरणमा ठूलो भ्रष्टाचार भएको जिकिर गर्दै सरकारले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्न माग गरेका हुन्। 

निर्वाचित जनप्रतिनिधिहरूलाई जथाभावी नबोल्न सचेत गराउँदै सांसद खतिवडाले सिंहदरबार नै ध्वस्त पार्ने कुरा, धार्मिक स्वतन्त्रतामाथि नै आँच आउने खालको अभिव्यक्ति नदिन सुझाव दिए। सांसद खतिवडाले जनप्रतिनिधिहरूले आफ्नो पदीय मर्यादालाई ख्याल गरेर मात्रै बोल्नुपर्ने बताए। 

सुझावित समाचार