काभ्रे र धनकुटाका सिडिओ फेरिए

मंगलबार, १२ भदौ, २०८०
डिजिटल संस्करण

गृह मन्त्रालयले काभ्रे र धनकुटाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ।

काभ्रेमा गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई खटाइएको छ। काभ्रेका सिडिओ पुण्यविक्रम पौडेललाई धनकुटा पठाइएको छ भने धनकुटामा कार्यरत थानेश्वर गौतमलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

तर, दाङ जिल्लामा सिडिओ पद रिक्त भए पनि कसैलाई पठाइएको छैन। दाङका सिडिओ रहेका सुशील बैद्य ललितानिवास जग्गा हिनामिनामा निलम्बनमा परेपछि त्यहाँ सिडिओ पद रिक्त छ।

सुझावित समाचार