योगेन्द्र लामाको स्मृतिमा पनौतीमा फुटबल प्रतियोगिता हुने

मंगलबार, १२ भदौ, २०८०
डिजिटल संस्करण

काभ्रेको पनौतीमा रहेको सरस्वती ब्वाइज क्लबले स्व. खेलाडी योगेन्द्र लामाको स्मृतिमा ‘योगेन्द्र स्मृति कप’ आयोजना गर्ने भएको छ। ०७९ चैत २५ मा दिवंगत लामाको स्मृतिमा क्लबले आगामी असोज २० देखि कात्तिक ३ सम्म पनौतीस्थित क्षेत्रीय रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो।

कुशल खेलाडीले अल्पायुमै संसार छाडेकाले उनको सम्मानका लागि प्रतियोगिताको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा क्लबका संयोजक सुवास श्रेष्ठले जानकारी दिए। 

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख तथा दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन्। श्रेष्ठका अनुसार प्रतियोगिताको हरेक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा देशभरका करिब २० टिमको सहभागिता रहने उनले बताए। प्रतियोगितामा सहभागिताको प्रक्रियाबारे क्लबले सम्पूर्ण जानकारी आफ्नो फेसबुक पेजमा राखेको आयोजकले जनाएको छ।

सुझावित समाचार