हिमालयन बैंकबाट फन्ड ट्रान्सफर गर्दा मोबाइल फोन जित्ने अवसर

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

हिमालयन बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत दुई भाग्यशाली मोबाइल बैंकिङ प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ HI-MB एपबाट अन्तर बैंक फन्ड ट्रान्सफर गर्दा एकथान स्मार्टफोन जित्न सक्नेछन्।

सो अफर भाद्र १ गतेदेखि भाद्र ३१ सम्म लागू हुने कम्पनीले जनाएको छ। मोबाइल बैंकिङ एपबाट फन्ड ट्रान्सफर गर्ने दुई प्रयोकर्तालाई अफरको अन्त्यमा लकी ड्रमार्फत विजेता छनोट गरिनेछ। उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने बताइएको छ।

सुझावित समाचार