१९औँ एसियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवक तयार

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ सहरमा हुने १९औँ एसियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवक खटिने भएका छन्। 

आयोजक समितिका अनुसार हाङझाउ एसियाली खेलकुद र एसियाली पारा खेलकुदका लागि स्वयंसेवकहरू अधिकांश झेजियाङका ४६ वटा विश्वविद्यालयका विद्यार्थी प्रतिस्पर्धा संगठन र व्यवस्थापनमा, विदेशी भाषा ट्रान्सलेट, चिकित्सा सेवामा कार्यरत कर्मचारी र अन्य चार सयजना स्वयंसेवक छन्। 

उनीहरूले प्रतिस्पर्धा सञ्चालन, दर्ता र प्रमाणीकरण, भाषा ट्रान्सलेट गर्न सहयोग गर्ने बताए। उनीहरूलाई केही महिनायता विभिन्न तालिम दिइएको छ। 

(सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।)
 

सुझावित समाचार