गोरक्ष शान्ति र्‍याली कोणसभा गरेर सम्पन्न

शनिबार, ९ भदौ, २०८०
डिजिटल संस्करण

धरानमा शान्ति र सद्भावका लागि शनिबार गर्ने भनिएको र्‍याली इटहरीको पानीपियामा पुगेर कोणसभा गरी सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधाज्ञा जारी गरेसँगै र्‍याली पानीपिया पुगेर कोणसभा गरी सम्पन्न भएको हो। धरानमा शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। धरानमा निषेधाज्ञा जारी गरिएसँगै पानीपियामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

शनिबार धरानमा श्रीवैष्णव परिषद् नेपाल, विश्वहिन्दु परिषद् नेपाल, समग्र वैदिक सनातन समुदायलगायतले गोरक्षा शान्ति र्‍याली गर्ने तयारी गरेको थियो।

सुझावित समाचार