सर्वोच्च अदालतले संसद् विकास कोष तत्काललाई कार्यान्वयन नगर्न आदेश गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्दसमेतको मुद्दामा सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो।
आदेशमा संसदीय क्षेत्र पूर्वाधार कार्यक्रमका लागि विनियोजित बजेट मुद्दाको अन्तिम किनारा नलागेसम्म कार्यान्वय नगर्न अन्तरिम आदेश गरेको हो।


