भिरबाट लडेर हुम्लामा एकको मृत्यु

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण

वनमा पशु चराउन गएका विद्यालय व्यवस्थापन समितिका अध्यक्षको भिरबाट लडेर मृत्यु भएको छ।

हुम्लाको सर्केगाड गाउँपालिका– ५ स्थित धुमछुमी आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष मानसिंह सार्कीको भिरबाट लडेर मृत्यु भएको हो। घरमा उज्यालोका लागि सल्लाको झरो चिरेर टिप्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

सुझावित समाचार