- अहिलेको मौसममा मेकअपअघि मोस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अर्थात् आयल फ्री मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।
- छालामा मोस्चराइजर प्रयोग गरेपछि केही समय खुला छोडिदिनुपर्छ । यसले छाला नरम बनाउन मद्दत गर्छ । त्यस्तै, घाममा हिँड्दा सनस्क्रिन पनि लगाउन सकिन्छ ।
- मोस्चराइजरपछि प्राइमर लगाउनुपर्छ । यसले छालालाई सुरक्षित बनाउनुका साथै मेकअपलाई समेत सुरक्षा दिन्छ । प्राइमरको प्रयोग गर्दा हलुका हुने भएकाले प्राइमर लगाएको महसुससम्म हुँदैन ।
- मनसुनमा लिक्विड फाउन्डेसन उपयुक्त हुँदैन । तैलीय छालामा यो थोरै समय मात्रै टिक्ने भएकाले फाउन्डेसनको कवचको रूपमा क्रिम प्रयोग गर्न सकिन्छ । जसले गर्दा फाउन्डेसन लामो समयसम्म टिक्ने र चिटिक्क देखिने हुन्छ । यद्यपि, काममा हिँड्ने हो भने फाउन्डेसनको प्रयोग नगरी हलुका मेकअप गर्दा राम्रो हुन्छ ।
- मनसुनमा गाजल, आइस्याडो, मस्कारा र लिपस्टिक आदि वाटरपु्रफ र म्याट मात्र प्रयोग गर्नुपर्छ । यो वेला सकेसम्म हलुका मेकअप गर्न आवश्यक हुन्छ ।
- आँखामा आइलाइनर प्रयोग गर्न सकिन्छ । त्यस्तै, हलुका गुलाबी र सुन्तला रङको चमकरहित आइस्याडो लगाउँदा राम्रो देखिन्छ । विशेषगरी, साँझ र रातको पार्टीमा चमक भएको आइस्याडो लगाउन सकिन्छ ।
- दिउँसो बाहिर हिँड्दा सकेसम्म गाढा मेकअप नगर्नु नै बेस हुन्छ । यो छालाको स्वास्थ्यका दृष्टिकोणले समेत नराम्रो हो ।
मेकअप गर्दा मोस्चराइजरको प्रयोग
शरीरमा अक्सिजन लेभल कसरी बढाउने ?
५ वर्ष अघि
सुझावित समाचार
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…
साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म
मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्याप…