खोलाकिनारमा शौचालय गएका विक बेपत्ता

आइतबार, २८ साउन, २०८०
डिजिटल संस्करण

खोलाको किनारामा शौचालय गएका दाङ घोराही उपमहानगरपालिका- ११ झमरेका तिलकराम विक बेपत्ता भएका छन्।

६४ वर्षीय विक आइतबार बिहान साढे ८ बजेतिर पत्रे खोलाकिनारमा शौचालय गएका थिए। सधैँ खोलाको किनारमा शौचालय गर्ने गरेका विक आज भने नफर्केपछि खोजीकार्य भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजकुमार गौतमका अनुसार उनको छाता, चस्मा र लठ्ठी भने खोलाको किनारामा भेटिएको छ। उनको खोजीका लागि १७ जना प्रहरीको टोली परिचालन गरिएको छ।

See More On

सुझावित समाचार