केडिया व्यावसायिक समूहअन्तर्गतको ब्रान्ड बृज एडिटिभ्सले नयाँ उत्पादनहरू बजारमा ल्याएको छ । नयाँ बलिया संरचना निर्माण वा पुरानालाई मर्मत–सम्भार गर्नका लागि बृज एडिटिभ्सले उच्चस्तरीय उत्पादन बजारमा ल्याएको हो ।
कम्पनीले वाटर प्रुफिङ, रिपेयर तथा एडमिक्सर सलुसन्स बजारमा ल्याएको जनाएको छ । वाटर प्रुफिङका लागि कम्पनीले ल्याएको वेदर प्रोप्लस २५० र बृज सेफक्रिटले घरलाई पानीले पु¥याउने क्षतिबाट बचाउनुका साथै पिलर, बिम, स्ल्याब र स्टिललाई खिया आदिबाट जोगाई निर्माणलाई मजबुत र दिगोपन प्रदान गर्ने कमपनीको दाबी छ । आफ्नो उत्पादन सार्वजनिक गर्दै कम्पनीले उत्पादनका औचित्यताका विषयमा सम्बन्धित विज्ञबाट स्पष्ट पारेको थियो ।
वेदर प्रोप्लस २५० घर निर्माणको समयमा ढलान मसलामा मिसाई प्रयोग गर्न सकिने तथा बृज सेफक्रिटलाई नयाँ तथा पुराना घरमा फुटेका, चर्केका वा पानी चुहिएका ठाउँमा सीधै प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । योबाहेक एड मिक्सर सलुसन्सअन्तर्गत बृज एडिटिभ्सले सिल्कोन फ्लोमिक्स पिसी ३५०, पिसी ४५० र ५५० र अल्ट्रासेट १०० ल्याएको कम्पनीले
जनाएको छ ।