दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो : चारजना बेपत्ता, तीन घाइतेको उद्धार

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

वडा नम्बर ८ को सल्लेमा गएको पहिरोमा परेर १६ घर जोखिममा, ६ घर बगायाे

दोलखाको गौरीशंकर गाउँपालिका– ७ को टोपाटारमा गएरातिको पहिरोले घर बगाउँदा चारजना बेपत्ता भएका छन्। गएराति गएको पहिरोमा परेर दुई घरका चारजना बेपत्ता भएका हुन् । पहिरोमा पुरिएका तीनजना घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गौरीशंकरका प्रमुख वासुदेव थापाले जानकारी दिए । 

वडा नम्बर ८ को सल्ले भन्ने ठाउँमा गएको पहिरोमा परेर १६ घर जोखिममा परेका छन् भने ६ घर बगाएको छ। सल्लेको पहिरोले केही तल रहेको टोपाटार गाउँमा पनि तीन घर पुरिएको उनको भनाइ छ। बेपत्ताहरूको पहिचान हुन सकेको छैन । 

घटनास्थलमा अहिले प्रहरी र स्थानीयले उद्धारको कार्य गरिरहेका छन्। प्रहरी प्रमुख थापाका अनुसार हिजो दिनभरजस्तो परेको अविरल वर्षाका कारण पहिरो झरेको हो । 

घटनास्थल दुर्गम भएकाले पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ। बाढीले खारेखोलाको एक झोलुंगे पुलसमेत बगाएको छ। झोलुंगे पुल बगाउँदा आवतजावतमा समस्या भएको वडा प्रहरी प्रमुख थापाले जानकारी दिए।

See More On

सुझावित समाचार